करैयामाइ गाउँपालिकाको बजेट शिक्षा,स्वास्थ्य र पूर्वाधारमा-प्रमुख प्र.अधिकृत महत्तो

३ श्रावण २०७७, शनिबार १६:१७ प्रकाशित

बाराको करैयामाई गाउँपालिकाले यस आर्थिक वर्षमा शिक्षा स्वास्थ्य र पूर्वाधारमा जोड दिएको छ । गाउँपालिकाले किसानका लागि विशेष कार्यक्रम ल्याउनुका साथै सडक निर्माणको कामलाई प्राथमिकतामा राखेको करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नो छैठौं गाउँसभा तोकिएको समय भित्र आषाढ १० गते सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत महतोले बताउनुभयो । यस आर्थिक वर्षमा गाउँपालिकाले ठुला दुईवटा पुल निर्माण गर्ने सडक ढलान र पिचको कामलाई अगाडि बढाउनुका साथै विद्यालय भवन, स्वास्थ्यको भवनलाई पूर्णता दिने उहाँको भनाइ छ ।

३ श्रावण २०७७, शनिबार १६:१७  मा प्रकाशित

Write your Comment