जगदम्बा स्टील शिल गर्नुपर्ने माग गर्दै स्थानीय द्वारा बैठक स्थलमा धर्ना

२८ श्रावण २०७७, बुधबार १४:३६ प्रकाशित

बारा
सिमरामा रहेको जगदम्बा स्टील शिल गर्नुपर्ने माग गर्दै स्थानीयले जितपुर सिमरा उपमहानगरपालिका,स्थानीय प्रशासन र उद्योग प्रशासनको संयुक्त बैठकस्थलमा धर्ना दिएका छन् ।
सोमबार जगदम्बा स्टिल्स मा ११ जना मजदुर तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रशासनले सोमबार नै शिल गर्नुपर्नेमा सो उद्योग आजसम्म पनि शिल नगरेकोमा स्थानीयले चर्को विरोध गरेका छन । उनीहरुले त्यस उद्योगमा कार्यरत कामदारमा कोरोनाको लक्षण देखिए पनि कारखाना शिल नगरेकोमा र सरकार ले तोकेको स्वास्थ्य सुरक्षा मापदन्ड बिपरितमा कारखाना सन्चालन गरेकोमा स्थानिय द्वारा कारखाना शिल गर्नुपर्ने माग राख्नुका साथै सबै कामदारको पिसिआर परीक्षण गराउनु पर्ने माग राखेका छन  । यसअघि जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजमा ३ जनामा संक्रमण देखिएपछि पर्सा प्रशासनले सो उद्योग सिल गरेको थियो । तर बाराको सिमरामा एउटै उद्योगमा ११ जना संक्रमण  देखिँदा पनि बारा प्रशासनले जगदम्बा स्टील sil नगरेर ला प्रयोग गरेको र बारामा संक्रमण फैलिने अवस्था रहेको हुनाले तत्काल शिल स्थानीयले दबाब स्वरुप धर्ना दिएका हुन । बाराको सिमरामा रहेको होटल सिमरा इनमा छलफल चलिरहेको छ । सो छलफलमा जीतपुरसिमरा उपमहा नगरपालिकाका नगरप्रमुख कृष्ण पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र कारखानाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।
यसअघि जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले समेत उद्योगलाइ तत्काल शिल गरी त्यहाँ रहेका कर्मचारी तथा मजदुरहरूको पिसिआर परीक्षण गराउन स्थानीय प्रशासनसँग माग गरेको थियो ।

२८ श्रावण २०७७, बुधबार १४:३६  मा प्रकाशित

Write your Comment