बारा ७ फागुन :
अखिल नेपाल महिला संघ अनेमसंघ उपमहानगर पालिका स्तरिय अगुवा भेला आज सिमरामा सम्पन्न भएको छ । प्रतिगमनका विरुद्ध फागुन ९ गते कलैयामा हुने विरोध प्रदर्शनको तयारीका लागि सो भेलाको आयोजना गरिएको हो । नेकपाकोआह्वान र अनेमसङ्घको आयोजनामा ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गरीने भएको छ । कमला अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा बाराका सचिव सुन्दर बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्य सिता गुरुङ,गिता कंडेल,उद्धव पौडेल,नेकपा बाराका नेता मनोज पौडेल,राजन पौडेल,नगर अध्यक्ष कृष्ण खनाल, जिल्ला सदस्य शोभा कार्की,सरिता सुब्बा, कुसुम ठकुरी,भरत भण्डारीलगायतले प्रतिगमन बिरुद्धको आन्दोलनमा एकजुट भएर लाग्न आग्रह गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण प्रेमा बल र स्वागत चिनीमाया परीयारले गर्नु भएको थियो
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)