समग्र द्वारा मजदुरहरुलाई २० हजार तलव दिन सरकार संग माग

१२ बैशाख २०७८, आईतवार १५:५४ प्रकाशित

समग्र उद्योग टे्ड युनियन नेपालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई ज्ञापनपत्र पेश गर्दै काम गर्दा पनि महंगाई का कारण खाना नपुग्ने भएकोले मजदुरहरुलाई मासिक २० हजार तलब दिन माग गरेको छ । समग्रका अध्यक्ष आनन्द थामी द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा श्रमिक वर्गको जीवनस्तर माथि उठाउन आम्दामीमा बृद्धि तथा सामाजिक मर्यादाका लागि दृष्टीकोणमा रुपान्तरण आवश्यक छ । त्यसैले राज्यको सबै
निर्वाचित तथा संवैधानीक निकाय एवम् नीति निमार्ण गर्ने तहमा श्रमिक वर्गको
कम्तीमा १० प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गर्दै आएको छौँ ज्ञापनपत्रमा भनीएको छ ।
ज्ञापनपत्रमा सामाजिक सुरक्षा कार्यक्रम पूर्ण कार्यान्वयन र सूचिकरण ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना त्रिपक्षीय सहमतीमा लागू
गरिएको थियो र यो योजना २०७५ मंसिर ११ गतेदेखि नेपाल सरकारले
औपचारिक रुपले शुभारम्भ गरेको घोषणा गरेको थियो । तर सामाजिक
सुरक्षा योजनामा नेपालका रोजगारदाताहरुले विभिन्न वहाना बनाउँदै
सूचीकरण भई रहेका छैनन् । उल्टै कृतिम समस्या देखाउँदै आएका
छन् । त्यसैले रोजगारदाता र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा
अनिवार्य सूचीकरण गर्न यस मन्त्रालयबाट ठोस पहल गरियोस् भनी
जोड्दार माग गर्दछौँ ।
नेपालको औद्यागिक श्रमिकहरुको प्रतिनिधि संगठन समग्र उद्योग टेड
यूनियन नेपालले दु्रत श्रम सर्वेक्षण गरेको थियो उक्त सर्वेक्षण अनुसार
देशभर सामाजिक सुरक्षा कोषमा सूचिकृत रोजगारदाता ५२ प्रतिशत सूचिकृत भएका र श्रमिक १५ प्रतिशत देखिएको छ । यो तथ्यबाट ८५ प्रतिशत श्रमिक सामाजिक सुरक्षा कार्यक्रम बाहिर रहेको स्पष्ट छ । तर हरेक महिना
श्रमिकहरुको कुल पारिश्रमिकमा १ प्रतिशत रकम सामाजिक सुरक्षा कर वापत कट्टा गरे पनि रोजगारदाताले सामाजिक सुरक्षा कोषमा दाखिला नगरी आफैले अपचलन गर्दै आइरहेका छन् । त्यसैले यस मन्त्रालयबाट अभिलम्व श्रम
अडिट अभियान सञ्चालन गरी अनुगमन तथा निरीक्षण गर्न माग गर्दछौँ अध्यक्ष थामी द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

१२ बैशाख २०७८, आईतवार १५:५४  मा प्रकाशित

Write your Comment