गण्डकीमा अविश्वासको प्रस्तावमाथि २७ गते मतदान

२३ बैशाख २०७८, बिहीबार १८:१२ प्रकाशित

सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।
कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सभामुखले २७ गते बैठक राख्ने प्रस्ताव  गरेका हुन् । सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि सभामुखले २७ गते प्रस्ताव गरेका हुन् । त्यसमा दलहरु सहमत भएका छन्

२३ बैशाख २०७८, बिहीबार १८:१२  मा प्रकाशित

Write your Comment