आजबाट मनकामना स्मार्टको सेयर खुल्यो,कती सम्म भर्न पाइन्छ ?

१७ असार २०७८, बिहीबार १४:२२ प्रकाशित

काठमाडौं १७ आषाढ :
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)को आवेदन आजदेखि खुलेको छ।
खुलेको सेयर २१ गतेसम्म आवेदन दिन सकिने सेयर बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाकारी गराएको छ ।
मनकामना स्मार्ट ३ लाख ८९ हजार कित्ता आईपीओ खुल्ला भएको हो।

प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले ६ हजार ५ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४ सय ५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ।

बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा मात्र सर्वसाधारणका लागि खुल्ला गरेको हो। जसमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक कम्पनीले जानाकारी गराएको छ।

यस अर्थमा सर्वसाधारणले १ हजारदेखि १ लाख रुपैयाँसम्म लगानी गर्न सकिने भएका हुन् ।
मागअनुसार तोकिएको समयमा आवेदन नपरेको खण्डमा समय बढाउन सकिने बताइएको छ ।

१७ असार २०७८, बिहीबार १४:२२  मा प्रकाशित

Write your Comment