गैरआबासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित

१७ श्रावण २०७८, आईतवार ०७:५८ प्रकाशित

अष्ट्रेलिया १७ श्रावण :
गैरआबासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार सम्पन्न निर्बाचनमा नन्द गुरूङ अध्यक्षमा बिजयी भएका छन । एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा गुरूङसँग यसै पदमा डा. ज्ञानेन्द्र रेग्मी पनि प्रतिस्पर्धामा उत्रिएका थिए । रेग्मी भने पराजित भएका छन । गुरुङले ​८ हजार ५८३ मत प्राप्त गर्दै अत्याधिक मतले विजयी भएका हुन् भने प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीले ४ हजार ८७९ मत प्राप्त गरेका छन । त्यस्तै, महासचिवमा राजु बाबु अधिकारी निर्वाचित भएका छन् उनी संग अच्युत शर्मा थपलियाले प्रतीसपर्धा गरेका थिए । सचिव पदमा सन्ध्या शाह विजयी भएकी छिन । यसैगरी आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य र प्रवेशराज घिमिरे विजयी भएका छन् । कार्यसमिति सदस्यहरूमा अशोक उप्रेती, रामजी बस्नेत, राजु गिरी ,दामोदर अधिकारी, कृष्ण सुवेदी, कमल भण्डारी, महेश भट्टराई, बिशाल पोखरेल , विवेक क्षेत्री, रमेश अधिकारी, ध्रुब पोखरेल र अनुप थापा निर्वाचित भएका छन्

१७ श्रावण २०७८, आईतवार ०७:५८  मा प्रकाशित

Write your Comment