पोखरा तर्फ जाँदै गरेको कार त्रिशूलीमा खस्यो,एकजना घाइते तीनजना बेपत्ता

८ आश्विन २०७८, शुक्रबार ०९:४१ प्रकाशित

काठमाडौंबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा एकजना घाइते हुनुको साथै तीन जना बेपत्ता भएका छन् ।
कारमा सवार पोखरा १७ वस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
कार अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो।

गए राति करिब पौने १२ बजे कार दुर्घटनाको खबर आएपछि खोजी कार्य सुरु गरेको भए पनि तीन जना अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेकाछन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

८ आश्विन २०७८, शुक्रबार ०९:४१  मा प्रकाशित

Write your Comment