दिल्लीको रोहिणीअदालतमा गोली चल्यो,३जनाको मृत्यु,३जना घाइते

८ आश्विन २०७८, शुक्रबार १५:४८ प्रकाशित

दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

आज शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।
आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

८ आश्विन २०७८, शुक्रबार १५:४८  मा प्रकाशित

Write your Comment