ममता बेनर्जीको मुख्यमन्त्री पदको छिनोफानो गर्न आज मतदान हुँदै

१४ आश्विन २०७८, बिहीबार १२:१८ प्रकाशित

भारतको पश्चिम बंगालका तीन राज्य भवानीपुर,शमशेरगञ्ज र जंगीपुरमा उपचुनाबको मतदान सुरु भएको छ । वर्तमान मुख्यमन्त्री ममता बेनर्जी चुनावमा उठेकाले पनि भवानीपुर निकै चर्चामा छ ।
मुख्यमन्त्रीमा टिकिरहन बेनर्जीलाई यो चुनाव जित्नैपर्ने हुन्छ । बेनर्जीविरुद्ध भारतीय जनता पार्टीले वकिल प्रियंका टिबरेवाललाई मैदानमा उतारेको छ । चुनावी अभियानको अन्तिम दिन बीजेपीका ८० भन्दा बढी नेताले भवानीपुरका वडा–वडामा पुगेर भोट मागेका थिए ।
केन्द्रीय मन्त्री हरदीपसिंह पुरी र स्मृति इरानीले पनि भोट मागेकाथिए । बेनर्जीको दल तृणमूल कंग्रेसले पनि पुरै शक्ति लगाएको छ । ममताले पनि अनेकौ चुनावी रयाली गरेकी थिइन् किनभने उनलाई यो चुनाव जित्नैपर्ने बाध्यता छ ।

बीजेपी आफूविरुद्ध खनिएको भन्दै ममता प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहविरुद्ध खनिएकी छिन् । सीबीइ र इडीको मुद्दा ममताले उठाएकी छिन् भने बीजेपीले अघिल्लो पटकको चुनावपछिको हिंसालाई एजेन्डा बनाएको छ ।
विधानसभा चुनावमा ममतालाई बीजेपीका शुभेन्दु अधिकारीले नन्दीग्राम सिटमा हराएका थिए । यसकारण ६ महीनापछि उपचुनाव हुन लागेको हो । उपचुनाव हारेमा बेनर्जीले मुख्यमन्त्री पद गुमाउनुपर्ने हुन्छ ।

१४ आश्विन २०७८, बिहीबार १२:१८  मा प्रकाशित

Write your Comment