राम्रो काम गर्दा चौतर्फी घेराबन्दी भयो : महासचिव पोखरेल

२८ पुष २०७८, बुधबार २१:३५ प्रकाशित

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फी घेराबन्दी भएको बताउनु भएको छ ।
नेकपा एमाले बाराको दशौं जिल्ला अघिवेशनको अद्घाटन सत्रमा बोल्दै पोखरेलले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गर्नुभयो। ’जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्,’ महासचिव पोखरेलले भन्नुभयो, ’एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ।’
एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उहाले प्रस्ट पार्नुभयो । महासचिव पोखरेलले एमालेले शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि पोखरेलले आउने निर्वाचनमा नेकपा एमाले नै मधेसी जनताको रोजाइको पार्टी हुने पनि बताउनुभयो । उहाले विगतका सरकारले मधेसको लाइफलाइनको रूपमा रहेको हुलाकी सडकलाई ठेक्का लगाएर काम गर्न नसकेपछि एमालेको सरकारले पूरा गरेको उहाको भनाइ थियो ।
विभिन्न अवसरवादीका कारण नेकपा एकता टुटेको बताउँदै उहाले आउने निर्वाचनमा नेकपा एमाले नै देशको पहिलो शक्तिको रूपमा स्थापित हुने उहाले दाबी गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगाएत विभिन्न पार्टी परित्याग गरि ५ दर्जनभन्दा बढी एमाले प्रबेश गरेका थिए ।

जिल्ला कमिटी अध्यक्ष देबनारायण चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिब एबम प्रदेश २ का इन्चार्ज रघुबिर महासेठ,प्रदेश नम्बर २का सह इन्चार्जहरु पुरुषोत्तम पौडेल, अचुत मैनाली, प्रभु साह, ज्वाला साह लगायतले सम्बोधन गर्नुभएको थियो ।

 

२८ पुष २०७८, बुधबार २१:३५  मा प्रकाशित

Write your Comment