कोरोना संक्रमणबाट एकैदिन १६ जनाको मृत्यु ,२५२६ जनामा संक्रमण, ८४२५ जना संक्रमण मुक्त

२१ माघ २०७८, शुक्रबार १७:०८ प्रकाशित

काठमाडौ २१ माघ :

नेपालमा कोरोना भाइरस संक्रमणको कारण बितेको २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २५२६ जना संक्रमित थपिएका छन् भने ८४२५ जना संक्रमण मुक्त भएका छन् ।

११ हजार ७३ नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् । सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ ।
सोही अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा ७४५ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जना संक्रमित थपिएका छन् ।

एकैदिनमा ५ लाख १३ हजार ५१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १५ छ भने २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १९ रहेको छ ।

२१ माघ २०७८, शुक्रबार १७:०८  मा प्रकाशित

Write your Comment