सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी,दुवै चालक सहित३को मृत्यु

२२ माघ २०७८, शनिबार ०८:३० प्रकाशित

बुटवल २२ माघ :
सुनसरीको कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन् । दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका छन् ।
पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खाँदा गाडीमा आगलागी भएको थियो । आगलागीमा जलेर दुवै चालक र बसमा सबार अर्का एक जनाको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेका अनुसार दुवै सवारी पूर्ण रुपमा नष्ट भएका छन् । बसमा रहेका २७ जनाको उधार गरिएको र अन्य के कति यात्रु थिए र कतिको मृत्यु भयो भन्ने पुर्णरुपमा जानकारी नभएको पाण्डेले बताए । मृतकको संख्या बढ्न सक्ने उनले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले पुगेर अन्य यात्रुहरुलाई उद्दार गरेको छ ।

२२ माघ २०७८, शनिबार ०८:३०  मा प्रकाशित

Write your Comment