बुटवलमा कार दुर्घटना : मृतक ३ जनाकै सनाखत,२ जनाको अवस्था गम्भीर

२४ माघ २०७८, सोमबार ०९:५८ प्रकाशित

बुटवल २४ माघ :

रूपन्देहीको बुटवलमा आज बिहान भएको कार दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमा बुटवल १३ का २८ वर्षीय सविन चौधरी, २६ वर्षीय गोबिन्द चौधरी र कारका चालक २७ वर्षीय नविन श्रेष्ठ रहेका लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन खाँणले जानकारी दिए

दुर्घटनामा बुटवल १३ का २७ वर्षीय भागिरथ चौधरी र बुटवल १२ का २८ वर्षीय अनिस जिसी घाइते भएका छन्। गम्भीर अवस्थाका उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतिर आउँदै गर्दा उनीहरु सवार लु ३ च ४४४२ नम्बरको कार बिग्रेर रोकिराखेको ना२ ख ९७७२ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

२४ माघ २०७८, सोमबार ०९:५८  मा प्रकाशित

Write your Comment