थप १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

२७ माघ २०७८, बिहीबार २०:४० प्रकाशित

काठमाडौ २७ माघ :

देशभर बितेको २४ घण्टामा एक हजार ३६९ मा कोरोना संक्रमण पुष्टि भएको छ।११ हजार ८८० को नमूना मध्ये
८ हजार हजार ८८० को पीसीआर र ३ हजारको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी २४ घण्टामा २ हजार २३८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन भने १२ जनाको मृत्यु भएको छ । यससँगै संक्रमण मुक्त हुनेको संख्या ९ लाख ३० हजार ६०७ पुगेको छ। निको हुने दर ९५ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा पीसीआर विधिबाट ९ लाख ७१ हजार ४७५ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ३६ हजार ५११ संक्रमित भएको मन्त्रालयले जनाएको छ। पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ५३ लाख १२ हजार ४४२ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या १० लाख सात हजार २३४ पुगेको छ। कूलमा संक्रमण दर १८ दशमलव ३ प्रतिशत छ।

कोभिडविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ रहेको छ। हाल सक्रिय संक्रमितको संख्या २९ हजार चार रहेको छ।

२७ माघ २०७८, बिहीबार २०:४०  मा प्रकाशित

Write your Comment