कोरोनाको संक्रमणदर घट्दै,२१ हजार परीक्षणमा गर्दा ११२८ जनामा संक्रमण पुष्ठि

२८ माघ २०७८, शुक्रबार १८:३५ प्रकाशित

काठमाडौ २८ माघ :
बितेको २४ घण्टामा मुलुकमा ११२८ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार २० हजार ९८९ जनाको नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधिमा कोभिड संक्रमणबाट थप १४ जनाले ज्यान गुमाएका छन् भने २२१५ जना डिस्चार्ज भएका छन् ।

सक्रिय संक्रमित संख्या २७ हजार ४४१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार २६५ जनाले खोप लगाएका छन् ।

२८ माघ २०७८, शुक्रबार १८:३५  मा प्रकाशित

Write your Comment