बितेको २४ घन्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

७ फाल्गुन २०७८, शनिबार २०:४८ प्रकाशित

काठमाडौ ७ फागुन :
देशभर बितेको २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणबाट थप ४ जनाको निधन भएकोछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९६ वटा नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७५ हजार ३३० पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ५६४ रहेको छ । पछिल्लो समय एक हजार २७२ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५० हजार ५६ पुगेको छ । यो दर ९६ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

७ फाल्गुन २०७८, शनिबार २०:४८  मा प्रकाशित

Write your Comment