बितेको २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

१७ फाल्गुन २०७८, मंगलवार १६:३० प्रकाशित

नेपालमा बितेको २४ घण्टामा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५४ रहेको छ भने संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या सात हजार ९७१ रहेको छ ।

१७ फाल्गुन २०७८, मंगलवार १६:३०  मा प्रकाशित

Write your Comment