आँबुखैरेनीमा भासिएको सडक एकतर्फी खुल्यो

२७ जेष्ठ २०७९, शुक्रबार १५:३९ प्रकाशित

तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याममा सडक भासिएपछि अवरुद्ध सडक एकतर्फी खुलेको छ । सडक भासिएपछि शुक्रबार बिहानैबाट अवरुद्ध भएको सडक दिउँसोबाट एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडकको भित्ता जेसिबीले काटेर फालेपछि साना सवारी पास भएपनि ठूला सवारी साधनलाई भने प्रवेशमा लगाइएको प्रहरीको भनाइ छ ।
सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार, ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घटनामा दुई पुरुषको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

२७ जेष्ठ २०७९, शुक्रबार १५:३९  मा प्रकाशित

Write your Comment