पचरौताका प्रमुख प्रशासकीय अधिकृत यादव सम्पर्कविहीन/अति आबश्यक सेबा बन्द

३ श्रावण २०७९, मंगलवार १३:१२ प्रकाशित

बारा ३ श्रावण :
पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव केही दिनदेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक लगायतकाका सेबा आज बाट बन्द भएको छ ।
नगरसभा नभएको र प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव समेत बिना जानकारी सम्पर्क बिहिन भएपछि स्वास्थ्यका कर्मचारीहरूको करार सेवा श्रावण १ गतेदेखि थप गर्नुपर्नेमा सो हुन नसकेपछि नगरपालिका अन्तर्गतको नगर अस्पताल,नगरले सन्चालन गरेको बर्थिग्ङ सेन्टर र ल्याबको सम्पूर्ण सेबा बन्द भएको नगर प्रमुख जलंधर सिंह जैसवालले जारी गर्नुभएको सूचनामा जनाइएको छ ।
प्रमुख प्रशासकिय अधिकृत यादबको गैर जिम्मेवारी पुर्ण ब्याबहारले नगरपालिकाका जनताले शास्ती पाएको वडा अध्यक्ष लक्ष्मी यादवले बताउनु भयो ।

३ श्रावण २०७९, मंगलवार १३:१२  मा प्रकाशित

Write your Comment