पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा समस्या,६ मिनेटमै आकस्मिक अवतरण

१३ श्रावण २०७९, शुक्रबार १०:४४ प्रकाशित

पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै आकस्मिक अवतरण गराइएको छ ।

यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो । ती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको जानकारी दिए ।
हवाई सुरक्षामा थप जोखिम नहोस् भनी जहाज पोखरा फर्काइएको छ,’ उनले भने । बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए ।
इन्जिनियरहरुले जहाजको जाँच थालेको समेत उनले बताए ।

१३ श्रावण २०७९, शुक्रबार १०:४४  मा प्रकाशित

Write your Comment