पथलैया-हेटौंडा सडकखण्डको तीन नम्बर पुलमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

२० आश्विन २०७९, बिहीबार १३:१३ प्रकाशित

बारा २० आश्विन :
पथलैया-हेटौंडा सडकखण्ड अन्तर्गत तीन नम्बर पुलमा यात्रुबस दुर्घटना हुँदा १४ जना भन्दा बढिको मृत्यु भएको छ ।
नारायणघाट बाट वीरगन्ज तर्फ आउँदै गरेको बा. प्र-०६-००१ ख ०११० नम्बरको बस जीतपुरसिमरा २२ स्थित तीन नम्बर पुलको मोडमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेको संख्या यकिन हुन न सकेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार दुर्घटनामा १४ जना भन्दा बढीको घटनास्थलमै मृत्यु भएको छ । बस सडक बाट तल बजारिएको थियो ।
यद्यपि प्रहरीले भने मृतकको संख्या अहिले बताउन नसकिने जनाएको छ ।
दुर्घटनामा २५ भन्दा बढी घाइते भएका छन । घाइतेलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

२० आश्विन २०७९, बिहीबार १३:१३  मा प्रकाशित

Write your Comment