भारतीय नागरिकमाथि कपिलवस्तुमा गोली प्रहार

१६ मंसिर २०७९, शुक्रबार १२:०३ प्रकाशित

कृष्णनगर १६ मंसिर :
कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो ।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिनुभयो। गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुरयाइएको बस्नेतले बताउनु भयो ।
गोली हान्ने व्यक्तिको पहिचान भएको छैन । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

१६ मंसिर २०७९, शुक्रबार १२:०३  मा प्रकाशित

Write your Comment