बारा २ को उप निर्वाचनमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल जित्ने प्रक्षपण

९ बैशाख २०८०, शनिबार २२:५१ प्रकाशित

बारा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले जित हासिल गर्ने अबस्था देखिएको छ । बिश्लेषकले गरेको अनुमानका अनुसार झण्डै १ लाख ६ हजार मतदाता रहेको २ नम्बर क्षेत्रमा ६५ हजार मत खस्ने प्रक्षेपण गरिएको छ । खसेको मतमा सदर मतमध्ये एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उम्मेदवार पुरुषोत्तम पौडेलले २८.८ प्रतिशत मत प्राप्त गरेर जित हासिल गर्ने अबस्था देखाएको छ । त्यसैगरी जसपाका उपेन्द्र यादबले २६.४ प्रतिशत प्राप्त गर्ने देखिएको छ । जनमत पार्टिका शिबचन्द्र कुशवाहाले २२.५ प्रतिशत ,राष्ट्रीय स्वतन्त्र पार्टि रमेश खरेलले १२.७ र स्वतन्त्रका अरुण ज्ञावालिले ९.६ प्रतिशत मतप्राप्त गर्ने देखिएको हो । यसको थप पुष्टि हुन बाकि छ ।

९ बैशाख २०८०, शनिबार २२:५१  मा प्रकाशित

Write your Comment