चितवनमा एकसाथ आठ सवारीसाधन दुर्घटना, २० जना घाइते

३१ श्रावण २०८०, बुधबार १४:४८ प्रकाशित

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा एकसाथ आठवटा सवारीसाधन दुर्घटनामा परेका छन्।

शवसहित देवघाट आउँदै गरेको ना.२च ८४४६ नम्बरको बोलेरो र विपरीत दिशातिर जाँदै गरेको गैँडाकोटको अक्सफोर्ड कलेजको ना.१क ६१३१ नम्बरको बस एक–आपसमा ठोक्किएका थिए। मुख्य राजमार्गमा भएको यो दुर्घटनामा क्रमशः बा.प्र.०६—००१ प ९९८१, बा.प्र.०३—००५ प ९७, ना.६२प ६०३२, बा.प्र. ०३—००१ प ४१४७ नम्बरका मोटरसाइकलहरू तथा बा.प्र. ०६—००१ प २२९४ र बा.प्र.०३—००२ प ४१९८ नम्बरका स्कुटरहरू पनि त्यहीँ ठक्कर खाएका हुन्।
घाइतेहरूलाई उपचारका लागि भरतपुर अस्पताल, नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको छ। जसमध्ये गम्भीर अवस्थामा रहेका चितवन खैरहनी– ४ का कृष्णबहादुर तामाङ (६५ वर्ष), खैरहनी– १ का जितबहादुर तामाङ (८२ वर्ष), मकवानपुरको हेटौँडा– १४ का माेहन तामाङ (६५ वर्ष), रत्ननगर– १४ का कुसुमबहादुर राना (५५ वर्ष), रत्ननगर– १४ का सुरेश श्रेष्ठ (३८ वर्ष), रत्ननगर– ९ का किशोर तामाङ (३५ वर्ष) र रत्ननगर– १४ का डोलबहादुर कार्की (५५ वर्ष) लाई भरतपुर सरकारी अस्पताल लगिएको छ।

भरतपुर अस्पताल नै लगिएका रत्ननगर– १४ का पुर लामा (४१ वर्ष), बुद्धिराम तामाङ (५५ वर्ष), रत्ननगर– १६ का रेशम पोख्रेल (४४ वर्ष), काठमाडौं गोकर्ण– ४ का तारा श्रेष्ठ (४८ वर्ष), रत्ननगर– १६ का दिलबहादुर घिसिङ (४७ वर्ष)को अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

यस्तै, नवलपुरको गैँडाकोट– ८ का लोकराज लामा (५१ वर्ष)को नयाँ मेडिकल कलेज भरतपुरमा उपचार हुँदै छ । रत्ननगर– १४ का शंकर परियार (३३ वर्ष), दिवेश शाक्य (३६ वर्ष), रत्ननगर– १४ का आइतराम कामी (५० वर्ष), रत्ननगर– ३ का गोपाल तामाङ (४४ वर्ष), रत्ननगर– १४ का २६ को पुष्प तामाङ (२६ वर्ष) र कृष्ण लामा (३८ वर्ष) रत्ननगर– ३ जीवन लामा (४५ वर्ष)को पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा परेका सम्पूर्ण सवारीसाधन घटनास्थलमै छन् । सवारीचालक प्रहरीको नियन्त्रणमा छन्।

३१ श्रावण २०८०, बुधबार १४:४८  मा प्रकाशित

Write your Comment