एमाले लुम्बिनी प्रदेश कमिटी सचिवमा लक्ष्मण आचार्य निर्विरोध

१८ भाद्र २०८०, सोमबार १७:५२ प्रकाशित

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आर्चायको प्रस्तावकका एमाले दाङका सचिव मनोहर बुढाथोकी र समर्थकमा अध्यक्ष हुकुम बस्नेत थिए । अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेल र हरि रिजाल भने मैदानमै भएकाले अन्य पदमा निर्विरोध हुन सकेको छैन ।

दाङ जिल्लाका आचार्यलाई अध्यक्षका आकांक्षी दुवै उम्मेदार हरि रिजाल र राधाकृष्ण कंडेलले आफ्नो सूचीमा राखेका थिए । सहमतिमा उनीसँगै सचिव पदका मनोनयन दर्ता गराएका सोमनाथ सापकोटाले अहिले उम्मेदारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको एमाले प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए । उनी यसअघि पनि सचिवकै जिम्मेवारीमा थिए ।

१८ भाद्र २०८०, सोमबार १७:५२  मा प्रकाशित

Write your Comment