एमाले सुदूरपश्चिम अधिवेशन : नेतृत्वका लागि मंगलबार साँझ मतदान

२२ आश्विन २०८०, सोमबार २१:३३ प्रकाशित

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन कमिटीले सोमबार सार्वजनिक गरेको कार्यक्रमअनुसार मंगलबार बेलुकालाई मतदानको समय निर्धारण गरेको छ भने उम्मेदवारहरुको दरखास्त फारम मंलबार बिहान वितरण गरिने छ ।

उम्मेदवारको प्रारम्भिक नामावली मंगलबार बिहान ११ः३० बजे, उम्मेदवारको नाम फिर्ता मंगलबार १२ः३० देखि २ बजेसम्मलाई तोकिएको छ । कार्यतालिका अनुसार मंगलबार दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानको समय मंगलबार साँझ ५ बजेलाई तोकिएको छ ।

प्रदेश कमिटीको अध्यक्षमा निवर्तमान उपाध्यक्ष अछामका कमल तिमिल्सिनासहित नेता कृष्णप्रसाद जैसी र कञ्चनपुरका बचन सिंहले आकांक्षा देखाएका छन् ।

२२ आश्विन २०८०, सोमबार २१:३३  मा प्रकाशित

Write your Comment