एमालेका नेता एवं भोडाहा गाविसका पूर्व अध्यक्ष स्व.भुवाली साहको श्रद्धाञ्जली सभा सम्पन्न

२ माघ २०८०, मंगलवार २०:२७ प्रकाशित

नेकपा एमालेका नेता एवं साविक भोडाहा गाविसका पूर्व अध्यक्ष स्वर्गीय भुवाली साह तेलिको १३ औ दिनको श्रद्धाञ्जली आज भोडाहामा सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले शाहले सामाजिक क्षेत्रमा ठूलो योगदान दिएको चर्चा गर्नु भयो । उहाँले देखाएको बाटोमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
श्रदान्जली सभामा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल,जिल्ला कमिटी बाराका अध्यक्ष बिनोद शाह,जिल्ला कमिटी सचिवालय सदस्य तथा कलैया नगर कमिटीका संयोजक महम्मद समिउल्लाह, जिल्ला सचिवालय सदस्य तथा बारा क्षेत्र नम्बर ३ का संयोजक अनिलकुमार मैनाली, एमालेका नेताहरु पुनदेव रौनियार, त्रिलोक विक्रम शाह, वडा अध्यक्ष शिवचन्द्र कामी लगायतले स्व.साहको योगदानको चर्चा गर्नुभएको थियो । साह २०४९ सालमा भोडाहा गाविसमा निर्वाचित अध्यक्ष हुनुभएको थियो । लामो समयदेखि नेकपा एमालेमा सक्रिय साहले सामाजिक क्षेत्रमा ठूलो योगदान दिनुभएको थियो । श्रदान्जली सभा नेकपा एमाले कलैया उपमहानगरपालीका वडा नम्बर २२ का अध्यक्ष महेस भगतको अध्यक्षतामा सम्पन्न भएको हो ।

२ माघ २०८०, मंगलवार २०:२७  मा प्रकाशित

Write your Comment