एमाले नेता सन्दीप नेपालको पसाहामा अन्त्येष्टि

५ माघ २०८०, शुक्रबार २१:३४ प्रकाशित

नेकपा एमालेका नेता तथा समाजसेवी सन्दीप नेपालको पार्थिव शरीरको आज पसाहामा अन्त्येष्टि गरिएको छ । त्यसअघि नेपाललाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलमा पसाहा पुग्नु भएको थियो । उहाहरुले स्वर्गीय नेपालको पार्थिव शरीरमा एमालेको झण्डा ओडाउनुभएको थियो। झन्डा ओडाउँदै पोलिटब्युरो सदस्य पौडेलले नेपालको निधनले पार्टी र समाजमा अपुरणीय क्षति पुगेको बताउनुभयो ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर १६ महेन्द्रनगर निवासि नेपाल महेन्द्रनगरमा लामो समय पार्टीको नेतृत्व गर्दै आउनुभएको थियो भने सखुवाघाट बिध्यालयको अध्यक्ष रहनुभएको थियो ।श्रद्धाञ्जली सभामा एमाले जितपुरसिमरा उपमहानगर कमिटी सदस्यहरू पुष्पराज थापा मगर, नारायणप्रसाद घिमिरे, वडा नम्बर १६ का पूर्व अध्यक्ष केदार बजगाई, रविन्द्रराज भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता विष्णु ढकाल लगायतको उपस्थिति रहेको थियो।

५ माघ २०८०, शुक्रबार २१:३४  मा प्रकाशित

Write your Comment