एमाले रौतहटको माघ २५ गते हुने जिल्ला अधिवेशनका लागि आज प्रतिनिधि छनौट हुदै

१३ माघ २०८०, शनिबार १०:२६ प्रकाशित

नेकपा एमाले रौतहटको दशौ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदैछ। अधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ। अधिवेशनका लागि आज प्रतिनिधि छनोट हुँदैछ। अधिवेशनको तयारी तीव्र गतिमा भइरहेको र आज हुने प्रतिनिधि छनोटका लागि कार्यविधि समेत पारित गरिएको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा रौतहटका इन्चार्ज पुरुषोत्तम पौडेलले बताउनुभयो। अधिबेशनको तिब्र गतिमा तयारी भइरहेको उहाँको भनाइ थियो। रौतहट जिल्ला कमिटीले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू बनाएको छ । शुक्रबार नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा स्वयंसेवकको भेला आयोजना गरिएको छ । आज हुने प्रतिनिधि छनोटका लागि जिल्ला कमिटीले निम्नअनुसारको प्रतिनिधि छनौटको योग्यता र प्रतिनिधि निर्वाचन कार्यविधि बनाएको पौडेलले जानकारी दिनुभयो ।

१) जिल्ला अधिवेशनको प्रतिनिधि हुनको लागी योग्यता:
क) पार्टीको निति कार्यक्रम र विधानको वारेमा जानकारी भएको अनुशासित नेता, कार्यकर्ता हुनु पर्दछ ।
ख) कम्तिमा २ वर्ष पार्टीसदस्य भएर निरन्तर काम गरेको हुनु पर्दछ ।
ग) महिला, दलित, मुस्लिम तथथा युवा भए १ वर्ष काम गरेको हुनुपर्नेछ ।
घ) अन्य पार्टीवाट आएको व्यक्तिको हकमा पार्टी सदस्यता प्राप्त गरेको हुनु पर्नेछ ।

२) जिल्ला अधिवेशनको लागी प्रतिनिधि चयन कार्यविधी :

क) प्रतिनिधि चयन गरिने संख्या , मिति र चयन स्थानको जानकारी सवै सदस्यहरुलाई एकदिन अगावै दिनुपर्ने ।
ख) १३ गते ८.०० वजे मतदाता नामावली प्रकाशन गर्ने र ११.०० वजे पछि चयन गरिने समावेशी तथा खुल्ला क्षेत्रका पार्टी सदस्यहरुलाई अलग अलग समुहमा छलफल गरि सर्वसम्मत प्रतिनिधि चयन गर्न ३ घंटाको समय दिने ।
ग) १२.०० वजे देखी १.०० वजे सम्ममा उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न गर्ने ।
घ) प्रतिनिधिको लागी मनोनयन गर्दा योग्यता पुगेका उम्मेदवार हरुको मात्र मनोनयन कायम गर्ने । योग्यता नपुगेका उम्मेदवारहरुको मनोनयन खारेज गर्ने । विवाद भए पालिका ईन्चार्ज संग सम्पर्क गर्ने ।
ङ) मनोनयन पत्र दर्ता गर्दा १ जना प्रस्तावक र १ जना समर्थक सहित मनोनयन दर्ता गर्नु पर्दछ ।
च) मनोनयन पत्र वापत रु. ५०/ वुझाउनु पर्नेछ ।
छ) १.०० वजे देखी ३.०० वजे सम्ममा मतपत्र तयार गरी व्यवस्थित निर्वाचन गराउने ।
ज) ५.०० वजे सम्ममा मतदान सम्पन्न गरी नतिजा प्रकाशन गरेर विजयी प्रतिनिधिसरुलाई प्रमाणपत्र वितरण गर्ने ।
झ) प्रतिनिधि चयनका क्रममा आवस्यक जनशक्ति र स्वयम सेवक सम्वन्धित पालिकाले उपलव्ध गराउने व्यवस्था गर्ने ।
ञ) तोकिएका निर्वाचन प्रतिनिधिहरु एक दिन अगावै सम्वन्धित पालिकामा पुगी सदस्यहरुलाई खवर गर्न लगाउने र आफुलाई आवस्यक श्रोत र साधन जुटाउन पहल गर्ने ।
ट) मतपत्र तयार गर्नु पर्दा नमुना तथा प्रिन्टर भएको कमरेडको सम्पर्कमा रहने र स्थानिय कमरेडहरुसंग तालमेल गरी तयारी गर्ने ।
ठ) कुनै समस्या परेको अवस्थामा पार्टी नेतृत्व ( पालिका ईन्चार्ज र जिल्ला ईन्चार्ज ) संग सम्पर्क गर्ने ।

३) प्रतिनिधि सभा सदस्य, राष्ट्रीय सभा सदस्य, प्रदेश सभा सदस्य वा पालिका प्रमुख-उपप्रमुख /अध्यक्ष-उपाध्यक्ष र वडाध्यक्षले भने कमिटीहरुको अध्यक्ष र सचिव पदमा उम्मेदवारी दिन पाउने छैनन् ।।।

१३ माघ २०८०, शनिबार १०:२६  मा प्रकाशित

Write your Comment