एमाले रौतहटको जिल्ला अधिवेशनका लागि १५ पालिकाबाट २५० जना प्रतिनिधि चयन

१३ माघ २०८०, शनिबार २१:१६ प्रकाशित

नेकपा एमाले रौतहटको १० औ जिल्ला अधिवेशनका लागि आज प्रतिनिधि छनौट गरिएको छ। दुई गाउँपालिका र १६ वटा नगरपालिका सहित १८ वटा पालिका रहेको रौतहटमा १५ वटा पालिकाबाट २५० जना प्रतिनिधि छनौट भएको एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो। ३ वटा पालिका र जनसंगठनहरूको आइतबार सम्म प्रतिनिधि छनोट हुनेछ । दशौं जिल्ला अधिवेशनको माघ २५ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरुडामा उद्घाटन गर्ने कार्यक्रम रहेको र अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पौडेलले बताउनु भयो।

१३ माघ २०८०, शनिबार २१:१६  मा प्रकाशित

Write your Comment