नेदरल्याण्डसलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा

१९ फाल्गुन २०८०, शनिबार १६:४३ प्रकाशित

काठमाण्डौ १९ फागुन :
त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ ।

कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर सो लक्ष्य पूरा गरेको हो ।

आजको जित सगै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पुगेको छ ।

अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो ।नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई/दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पुगेको छ ।

अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ ।

१९ फाल्गुन २०८०, शनिबार १६:४३  मा प्रकाशित

Write your Comment