गृहले गर्यो सात सहायक प्रजिअको सरुवा,बारामा छबिरमण भट्टराई आउने

२१ फाल्गुन २०८०, सोमबार ०८:४९ प्रकाशित

गृहले गर्यो सात सहायक प्रजिअको सरुवा, बारामा छबिरमण भट्टराई आउने
गृह मन्त्रालयले आइतवार सहायक प्रमुख जिल्ला अधिकारीसहित १८ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा कार्यरत ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित दुई जना जेलर, दुई जना वरिष्ठ अध्यागमन अधिकृत, ६ जना उपसचिव र एक निर्देशकको सरुवा गरेको हो ।
प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कार्यालय बाराको सहायक प्रमुख जिल्ला अधिकारीमा छविरमण भट्टराईलाई पठाएको छ । भट्टराईलाइ पर्सागढी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतबाट जिल्ला प्रशासन कार्यालको सहायक प्रजिअमा सरुवा गरिएको हो । पर्सागढिमा रहदा भट्टराईले कुसलतापुर्वक काम गर्नु भएको थियो ।
त्यसैगरी मोरङ, रौतहट, ललितपुर, सल्यान, रुपन्देही, प्युठान र चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ । जसअनुसार रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेको गृह मन्त्रालयमा सरुवा भएको छ भने जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यको जिल्ला प्रशासन कार्यालय सल्यान सरुवा गर्दै काजमा विपद् प्राधिकरणमा ल्याइएको छ ।

त्यसैगरी ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारको गृह मन्त्रालय,चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा,सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवरको जिल्ला प्रशासन कार्यालय नवलपरासी(पश्चिम), जिल्ला प्रशासन कार्यालय प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको जिल्ला प्रशासन कार्यालय चितवनमा सरुवा गरिएको छ ।
साथै गृह मन्त्रालयका उपसचिव टेक कुमार रेग्मीलाई जिल्ला प्रशासन कार्यालय मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा बनाइएको छ भने उत्तम कुमार घिमिरेलाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीमा त्यसैगरी इलाका प्रशासन कार्यालय टिकापुरका चिरञ्जीवी रानालाई रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । गृह मन्त्रालयमा रहनुभएका उपसचिव द्वय कृष्ण प्रसाद सापकोटा र पुष्कर रानालाई क्रमशः अध्यागमन कार्यालयको निर्देशक र जिल्ला प्रशासन कार्यालय जाजरकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्दै विपद् प्राधिकरणमा काज गरिएको छ ।

त्यसैगरी कारागार कार्यालय नख्खुकी जेलर कल्पना घिमिरे नेपाललाई जिल्ला प्रशासन कार्यालय ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा र केन्द्रिय कारागार कार्यालयका जेलर ललित कुमार बस्नेतलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत मित्रलाल शर्माको कारागार कार्यालय नख्खु र पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत लीला वल्लभ न्यौपानेको अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा सरुवा गर्नुका साथै अध्यागमन विभागका निर्देशक कृष्ण बहादुर कटुवाललाई केन्द्रीय कारागार कार्यालयको जेलरमा बनाइएको छ ।

२१ फाल्गुन २०८०, सोमबार ०८:४९  मा प्रकाशित

Write your Comment