गृहले गर्यो सात सहायक प्रजिअको सरुवा, बारामा छबिरमण भट्टराई आउने

२१ फाल्गुन २०८०, सोमबार १३:३१ प्रकाशित

गृह मन्त्रालयले आइतवार सहायक प्रमुख जिल्ला अधिकारीसहित १८ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा कार्यरत ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित दुई जना जेलर, दुई जना वरिष्ठ अध्यागमन अधिकृत, ६ जना उपसचिव र एकजना निर्देशकको सरुवा गरेको जनाइएको छ।
प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कार्यालय बाराको सहायक प्रमुख जिल्ला अधिकारीमा छविरमण भट्टराईलाई पठाएको छ । भट्टराईलाइ पर्सागढी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतबाट जिल्ला प्रशासन कार्यालको सहायक प्रजिअमा सरुवा गरिएको हो । पर्सागढिमा रहदा भट्टराईले कुसलतापुर्वक काम गर्नु भएको थियो ।

२१ फाल्गुन २०८०, सोमबार १३:३१  मा प्रकाशित

Write your Comment