बितेको २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण,२४ जनाको मृत्यु

९ मंसिर २०७७, मंगलवार १८:३३ प्रकाशित

काठमाडौं ९ मंसिर :

बितेको २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १३६२ जना पुगेको छ भने २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १७ हजार ८५९ संक्रिय संक्रमित छन् ।

९ मंसिर २०७७, मंगलवार १८:३३  मा प्रकाशित

Write your Comment