जनजागरण वन समूह रामवन,सिमराको १२ औ साधारणसभा सम्पन्न

४ पुष २०७७, शनिबार २०:४५ प्रकाशित

बारा ४ पौष :
जनजागरण मध्यवर्ती सामुदायिक वन समूह रामवनको १२ औ साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले उपभोक्ताको हितमा वन समुहहरुले काम गर्नुपर्ने कुरामा जोड दिन दिँदै प्रमुख अतिथि समेत रहेका विश्वकर्माले सबै एकजुट भएर जनताका समस्या समाधान गर्नुपर्ने कुरा स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै नेकपाका नेता तथा जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बन समूहले काठ दाउरा वितरण मात्रै नभएर वन संरक्षण समुहहरुकोआय आर्जनको कार्यमा समेत अग्रसरता देखाउनु पर्ने कुरामा जोड दिनुभयो । बन समुहका अध्यक्ष तारा बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा साबिक जितपुर गाविसका पूर्वअध्यक्ष देवनारायण चौधरी, नेकपा नगर कमिटीका अध्यक्ष कृष्ण खनाल,जनहित उपभोक्ता समितिका कोषाध्यक्ष चिनबहादुर पाख्रिन, सिमरा खानेपानीका उपाध्यक्ष कृष्ण रिमाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । बिपिन स्याङ्बोको सहजीकरण र शर्मिला तामाङको स्वागतमा सम्पन्न साधारणसभामा कमरुल अन्सारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

४ पुष २०७७, शनिबार २०:४५  मा प्रकाशित

Write your Comment