मुसर्नीमाइ बन समुहको ११ अधिबेशन सुरु

२१ फाल्गुन २०७७, शुक्रबार १५:३२ प्रकाशित

बारा २१ फागुन :
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको मुसर्नीमाइ सामुदायिक वन समुहको ११ औं साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोह आज सिमरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश यादवले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै जनहित उपभोक्ता समितिका संघका अध्यक्ष अमृृतलाल श्रेष्ठले समुदायका सदस्यहरूको चाहनाअनुसार नै वन समूहले काम गर्ने बताउनुभयो उहाँले बन र वन्यजन्तु संरक्षणमा वन समुहरु लागिपरेको स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै नेकपाका नेता तथा जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले पर्सा निकुञ्ज अन्तर्गत रहेका जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १,२,३ र ६ अन्तर्गत रहेका वन समुह क्षेत्रमा रहेका सालका रुखहरु उधोगको प्रदुषणले सुकेको उल्लेख गर्दै त्यसतर्फ ध्यानदिएर रुख सुकाउने उधोग लाई कार्यवाही गर्नू पर्नेकुरामा जोड दिनु भयो ।उहांले बन संरक्षण भएमात्र वातावरण स्वच्छ हुने स्पष्ट पार्नुभयो । मुसर्नीमाई बन समुहका अध्यक्ष कुबेर न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरे, जनहितका पुर्व अध्यक्ष मधुसुधन सिटौला,नेकपा नगर अध्यक्ष कृष्ण खनाल,भिमेश्वरका अध्यक्ष पेशल मुल्मी लगायतले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिनेश राइ,वनसमुहका अध्यक्षहरु सत्य श्रेष्ठ,तारा बहादुर कार्की वडा सदस्यहरु रुकु तामाङ,बिनीता रेग्मी लगायतको सहभागिता रहेको थियो कार्यक्रमको सहजीकरण गंगा बस्नेत र स्वागत इन्दु ढोडारीले गर्नू भएको थियो । अधिबेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ ।

२१ फाल्गुन २०७७, शुक्रबार १५:३२  मा प्रकाशित

Write your Comment