बितेको २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि/एकको मृत्यु

१९ चैत्र २०७७, बिहीबार १८:५१ प्रकाशित

काठमाडौं १९ चैत्र :
बितेको २४ घण्टामा १५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार २१३ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ८५१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।आज सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

१९ चैत्र २०७७, बिहीबार १८:५१  मा प्रकाशित

Write your Comment