बाराको कोल्हबी नगरपालिकाकाले अत्याधुनिक हाट बजार निर्माण गर्ने भएको छ । नगरपालिकाले सो निर्माणका लागि नगर बिकाश कोष सग सम्झाैता समेत गरेको छ ।
कोल्हबी नगरपालिकाका प्रमुख भरत बहादुर भण्डारी र नगर बिकाश काेषका कार्यकारी निर्देशक कृष्ण पौडेलको बिचमा लागत सहाभागितामा रु १२९६५४७५०। अर्थात १२ करोड ९६ लाख ५४ हजार ७ सय ५० रुपैया को ऋण सम्झौता भएको हो ।
नगरपालिकाले कोल्हबी बजार देखि पुर्बमा रहेको अनुप दिपणि मा बि को ३ बिगहा जग्गा लिजमा लिएर अत्याआधुनिक हाटबजार निर्माण गर्न लागेको नगर प्रमुख भण्डारीले जानकारी दिनु भयो ।
निर्माण हुने हाट बजार प्रदेश नम्बर २ मै ठूलो र अत्याधुनिक बन्ने भण्डारीले बताउनु भयो । हाट बजारको भबनमा आधुनिक पार्किङ, दैनिक उपभोग्य सामानका सथै माछा मासु जन्य पदार्थ राखिने जनाइएको छ ।
सो अबसरमा नेकपा एमालेका नेता अच्युत मैनाली र कोल्हबी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत हरेन्द्र कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)