बैशाख मश्रान्त सम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्री परिषदको निर्णय/कुन -कुन शहरका बिधालय बन्द हुने भए ? (सूचीसहित )

६ बैशाख २०७८, सोमबार १२:५९ प्रकाशित

काठमाडौं ६ बैशाख :
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ । अति प्रभाबीत शहरहरू काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर,बारा, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
केहिदिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको थियो। काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङलाई मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेको थियो।
बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो।
देशका प्रमुख सहरमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दै गइरहेकाले यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । एसईई परीक्षाबारे भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।
सरकारले नयाँ भेरिएन्टसहितको कोभिड-१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी नियन्त्रणको आदेश २०७८ समेत पारित गरेको छ ।
मन्त्री श्रेष्ठले जिल्लास्थित डीसीसीएमसीहरुले सिफारिस गरे अनुसार शिक्षण संस्थाहरु बन्द गरिने बताउनुभयो । विद्यार्थीको भविष्य अन्यौल हुन नदिन वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षाहरु भने नरोकिने उहांले बताउनुभयो ।

६ बैशाख २०७८, सोमबार १२:५९  मा प्रकाशित

Write your Comment