घरेलु दर्शकका प्रिय डोना

७ बैशाख २०७८, मंगलवार १३:४० प्रकाशित

अनीस अधिकारी,सिमरा ७ बैशाख :
मोफसलकै प्रतिष्ठित सिमरा गोल्डकपको ११ औ संस्करण बिश्वकर्मा सिमेन्ट ११ औ जीतपुरसिमरा गोल्डकप सिमरा रंगशाला , सिमरामा भै रहेको छ। १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिता चैत्र ३१ बाट बैशाख ११ सम्म चल्नेछ।
जीतपुरसिमरा गोल्डकपमा सिमराका घरेलु दर्शक माझ निकै लोकप्रिय नाम हो, डोना थापा । चकलेटी ब्वाईको नामले चिनिने उनि ११ औ जीतपुरसिमरा गोल्डकपमा यति खेर आयोजक नव जन जागृति युवा क्लब , सिमराबाट खेली रहेका छन्। सिमराका जर्सी नम्बर १० का डोनाले समुद्घाटन खेलमा बाग्मती गाउपालिका खेलकुद बिकास समिति, मकवानपुरका बिरुद्द २ गोल गर्दै जीतपुरसिमरा गोल्डकपमा आफ्नो नाममा गोलको खाता खोलेका थिए। बाग्मतीसंगको खेलमा २-१ ले पछाडी परेको आयोजक को लागि खेलको ८८ औ मिनेटमा बराबरी गोल गर्दै उनले खेल हेर्न गएका घरेलु दर्शकलाई केहि उत्साहित बनाएका थिए। लुइस बिडालको पासलाइ डिबक्स भित्रबाट उत्कृष्ट प्रहार गर्दै डोनाले बललाइ जाली चुमाए। त्यसपछी थपिएको ४ मिनेटको खेलको अन्तिमतिर व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु दर्शकलाई उत्साहित बनाए। लुइस बिडालको पासलाइ गोलरक्षकले रोके पनि बल भेटाएका डोनाले गोल गर्दै अग्रता फराकिलो बनाएका थिए। त्यसपछी सिमराका दर्शकमाझ उनि थप लोकप्रिय बने।

डोनाको २ गोलको मद्दतले आयोजक सिमराले बाग्मती गाउपालिका खेलकुद बिकास समिति, मकवानपुरलाई ४-२ गोल अन्तरले पराजित गर्दै आफ्नो क्वाटरफाइनलको यात्रा तय गरेको थियो। उक्त दिनको म्यान अफ दि म्याच बनेका उनले नगद रु. ५००० र ट्रफी हात पारे।
आयोजकले क्वाटरफाइनलमा ए डिभिजन क्लब हिमालयन शेर्पालाई हराउदा पनि उनले एक गोल गरेका थिए। खेलको २५ औ मिनेटमा डोनाले उत्कृष्ट गोल गर्दै आयोजक सिमरालाइ २-१ को अग्रता दिलाएका थिए। लुइस बिडालको हेड पास बललाई सदुपयोग गर्दै उनले जाली चुमाएका हुन्। गोलका अतिरिक्त विपक्षी संग बल नियंत्रणमा लिन , टिमलाई पास दिन उनि अब्बल रहे।
बुधबार हुने पहिलो सेमीफाइनलमा उनले बिदेशी टोलि अफ्रिकन रुट्स एसोसियसन , क्यामरुनका बिरुद्द देखाउने खेल भने हेर्न बाकि नै छ।

क्वार्टर फाइनल खेल हेर्न सिमरा रंगशाला पुगेका घरेलु दर्शकले लभ यु डोना , बिग फ्यान अफ यु डोना लगायतका ब्यानर बोकेका थिए भने केहि दर्शकले गालामा NJJYC DONA 10 अंकित चित्र बनाएका थिए। सिमराका घरेलु दर्शकको समर्थनले आफुलाई थप उत्कृष्ट फुटबल खेल्न प्रेरणा मिलेको डोनाले बताए। आफ्नो र टिमका समर्थकलाई उनले धन्यबाद ब्यक्त गरे।

७ बैशाख २०७८, मंगलवार १३:४०  मा प्रकाशित

Write your Comment