युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आजबाट साधारण शेयर खुल्ला

२४ असार २०७८, बिहीबार १६:३३ प्रकाशित

सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण सेयर बिक्री खुल्ला गरेको छ ।

कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नलागेको हो।

उक्त सेयर कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको साधारण सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको साधारण सेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ।

त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ।

कम्पनीको साधारण सेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत भएको हो ।

२४ असार २०७८, बिहीबार १६:३३  मा प्रकाशित

Write your Comment