एकिकृत समाजवादीका प्रदेश सचिवालय सदस्य सहित दर्जननौ नेता एमालेमा फर्किए

१० चैत्र २०७९, शुक्रबार २२:११ प्रकाशित

नेकपा एकिकृत समाजवादीका प्रदेश सचिवालय सदस्य महम्मद कलिमुल्लाह प्रदेश कमिटी सदस्य अमर आले, वावुराम दहाल ( चपुरमा मेयरका प्रत्यासी ), नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य मधुसुदन धिताललगाएत ठूलो सन्ख्यामा रौतहटका नेताहरु एमालेमा फर्किएका हुन ।
त्यसैगरी एमालेमा फर्किनेमा पूर्व गाविस अध्यक्ष शम्भु प्रसाद गुप्ता, नागेन्द्र चौरसिया, विनोद चौधरी सहित दर्जनौ जिल्ला कमिटी सदस्य, गरुडा नगर कमिटी अध्यक्ष सहित प्राय सवै सदस्यहरु र चपुर नगर कमिटीका थुप्रै सदस्यहरु सहित सयौ कार्यकर्ताहरु आफ्नो पुरानै घर नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्ब मन्त्री पुरुषोत्तम पौडेलको उपस्थीतीमा लामो छलफल गरी वहाहरुले विज्ञप्ती जारी गर्दै नेकपा एमालेमा फर्कनु भएको हो । रौतहट एकीकत समाजबादिका अध्यक्ष माधब कुमार नेपालको गृह जिल्ला हो ।

१० चैत्र २०७९, शुक्रबार २२:११  मा प्रकाशित

Write your Comment