एमालेको मिसनग्रासरुट अभियान अन्तर्गत बाराको जितपुरसिमरामा प्रशिक्षण सुरु

११ चैत्र २०७९, शनिबार १३:५५ प्रकाशित

नेकपा एमालेको मिसनग्रास रुट अभियान अन्तर्गत जितपुरसिमरा उपमहानगर पालिकामा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । बाराको सिमरामा आयोजित कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा मिसन ग्रासरुट प्रदेस प्रतिनिधि मनोज पौडेलले मिसनग्रासरुट अभियानका बारेमा प्रष्ट पार्नुभएको थियो उहाले प्रशिक्षणमा प्रस्तुत हुने बिषयका बारेमा राख्नुभएको थियो ।
पोलिटब्युरो सदस्य एवम पुर्बमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा र उपमहानगर कमिटिका अध्यक्ष भोला अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण रत्न उप्रेती र स्वागत त्रिलोक बिक्रम ठकुरिले गर्नु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति र पार्टी दृष्टिकोण, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताका विरुद्धको वैचारिक संघर्ष का बिषयमा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले प्रशिक्षण दिनुहुने छ । त्यसैगरि
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा र समाजवाद निर्माण सम्बन्धी पार्टी अवधारणाका बरेमा पोलिटब्युरो सदस्य ज्वालाकुमारी साहले प्रशिक्षण दिनुहुने छ । त्यसैगरि

विभिन्न राजनीतिक दलहरुसंग हाम्रो पार्टीको राजनीतिक वैचारिक भिन्नताका बारेमा केन्दृय सदस्री अरबिन्द सिहले
,दसौं महाधिवेशनको कार्यदिशाका बिषयमा राधेश्याम सिवाकोटीले, पार्टी निर्माण सम्बन्धी मार्क्सवादी दृष्टिकोण र पार्टी सदस्यहरुका अधिकार , कर्तव्य र कार्यशैलीका बारेमा किशोर शर्माले प्रशिक्षण दिनुहुने छ ।

११ चैत्र २०७९, शनिबार १३:५५  मा प्रकाशित

Write your Comment