जिफन्टले सिमरामा मनायो १३४ औ मे दिबस

१८ बैशाख २०८०, सोमबार १९:०० प्रकाशित

नेपाल ट्रेड युनियन महासघ जिफन्ट मधेस प्रदेशको आयोजनामा सिमरामा १३४ औ मे दिबस मनाइएको छ । कार्यक्रम नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्बमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा वोल्दै पुर्बमत्री पौडेलले मुलुक समृध बनाउन उत्पादनमा बृदी हुनुपर्ने र उत्पादन सगै रोजगारि बडे मात्रै आर्थिक उत्पादनमा बृदी हुनेकुरामा जोड दिनु भयो । पुर्ब मन्त्री पौडेलले बर्तमान सरकारले देशमा भ्रटाचार बडाएको आरोप लगाउदै यो सरकार मजदुर बिरोधी भएको उल्लेख गर्दै एमालेले मात्र मजदुर किशानको पक्षमा काम गरेको दाबी गर्नु भयो । देस समाजबाद निर्माणको बाटोमा जानका लागि सबै मजदुरको आर्थिक उन्नती हुनु जरुरी रहेको पौडेलको भनाइ थियो ।

जिफन्ट मधेस प्रदेश कमिटिका अध्यक्ष कमलेस झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिफन्ट केन्दृय सद्स्य मन्जु थापा,एमाले प्रदेश कमिटी सदस्यहरु सुन्दर बिक,देबनारायण चौधरी,मनोज पौडेल,सीता गुरुङ,जितपुरसिमराका उपप्रमुख भोला अधिकारी,समग्रका अध्यक्ष आनन्द थामी,केन्दृय सदस्य गिता भण्डारि,सौन्दर्यकर्मी सघकी सुमित्रा सापकोटालगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण मुक्ती चौधरी र स्वागत अमर यादबले गर्नु भएको थियो ।

१८ बैशाख २०८०, सोमबार १९:००  मा प्रकाशित

Write your Comment