बाराको हरपुरमा जितपुरसिमरा उपमहानगरपालिका क्रिकेट च्यापियन ट्रफि सुरु

२३ बैशाख २०८०, शनिबार १५:२३ प्रकाशित

जितपुरसिमरा उपमहानगरपालिका वडा न.२४ मा तेस्रो हरपुर क्रिकेट च्यापियन ट्रफि २०८० को आज बाट सुरु भएकोछ । ट्रफिको उद्घाटन प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको हो । कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी ,एमाले नेता मनोज पौडेल ,काग्रेस नेता छबिलाल शर्मा ,वडा अध्यक्ष सुल्तान अन्सारी ,समाजसेबी रबिन्द्र खकुरेल ,इलियास देवान,क्रिकेटका जिल्ल अध्यक्ष प्रभात चौरसिया, सन्जय पटेल,रोसन यादब,भोला अन्सारी,सन्दीप चौधरी ,सत्यन्द्र यादबलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम हरपुर क्रिकेटका अध्यक्ष सेराजुल अन्सारिको सभापतित्वमा समपन्न भएको थियो।
आजको उद्घाटन खेल कलैया र हेटौंडा बीच सुरु भएको छ ! 

२३ बैशाख २०८०, शनिबार १५:२३  मा प्रकाशित

Write your Comment