मदन- आश्रित स्मृति दिवसको अबसरमा एमाले जितपुरसिमराको कार्यालय उद्घाटन

३ जेष्ठ २०८०, बुधबार २०:५८ प्रकाशित

बारा ३ जेष्ठ :
नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले मदन- आश्रित स्मृति दिवसको उपलक्ष्यमा आज आफ्नो कार्यालय भवनको उद्घाटन गरेको छ । कार्यालयको उद्घाटन एमाले पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभाका सदस्य अच्युत मैनालीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले मदन-आश्रितले देखाएको बाटोमा अगाडि बढ्न सके मुलुक समृद्धिको दिशातर्फ अगाडि बढ्ने बताउनु भयो । उहाले मदन भण्डारीले अगाडि सारेको कार्यक्रम जनताको बहुदलिय जनबादले मुलुकको राजनैतिक सामाजिक र आर्थिक क्षेत्रमा नयाँ फड्को मारेको उल्लेख गर्दै जबज अहिलेको आवश्यकता रहेको दाबी गर्नुभयो । उपमहानगर कमिटीका अध्यक्ष भोला प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सरस्वती देबि चौधरी, प्रदेश कमिटी सदस्यहरु सुन्दर बिक, मनोज पौडेल,किशोर शर्मा, जिल्ला सचिवालय सदस्यहरु अनिल मैनाली, रेणु पराजुली लगायतले बोल्नुभएको थियो । एमालेले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ को भारती चोकमा आफ्नो कार्यालय भवनको उद्घाटन समेत गरेको छ । कार्यक्रमको सहजीकरण रोक्न रत्न उप्रेतिले गर्नु भएको थियो भने स्वागत त्रिलोक विक्रम साहको रहेको थियो ।                     

३ जेष्ठ २०८०, बुधबार २०:५८  मा प्रकाशित

Write your Comment