मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार,जनमतको मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई

९ जेष्ठ २०८०, मंगलवार १२:३६ प्रकाशित

जनकपुर ९ जेष्ठ :
मंगलबार मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । जसपा नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने निश्चित भएको छ ।
जसअनुसार कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीको रूपमा आजै शपथ लिने तयारी भएको छ ।

मुख्यमन्त्री यादवले सत्ताधारी दलसँग गरेको छुट्टाछुट्टै छलफल अनुसार नेकपा (एकीकृत समाजवादी ) ले कृषि मन्त्रालय पाएको छ । जनमतको भागमा रहेको कृषि मन्त्रालय खोसेर नेकपा (एकीकृत समाजवादी) लाई दिइएको हो । सो पार्टीबाट गोविन्द न्यौपाने मन्त्रीमा शपथ लिने बताइएको छ ।
यस्तै जनमतबाट कृषि मन्त्री रहेका वसन्त कुशवाहालाई विना विभागीय मन्त्री बनाउन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

 

९ जेष्ठ २०८०, मंगलवार १२:३६  मा प्रकाशित

Write your Comment