स्व.अधिकारीको १३ औ दिनको अबसरमा श्रदान्जली सभा सम्पन्न

१३ जेष्ठ २०८०, शनिबार १९:२८ प्रकाशित

नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका कमिटीका सचिवालय सदस्य बिष्णुहरी अधिकारिका पिता कृति प्रसाद अधिकारीको १३ औ दिनको अबसरमा आज श्रदान्जली सभा वडा नम्बर १४ को बोरीगं टोलमा सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष यमनाथ ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले प्रदेस कमिटी सदस्य मनोज पौडेल र स्व.अधिकारीका छोरा बिष्णुहरी अधिकारीले स्व अधिकारीले समाजको प्रगती र पार्टीमा पुरयाउनु भएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । श्रदाञ्जली सभामा प्रदेस कमिटि सदस्य किसोर सर्मा,जिल्ला कमिटी सदस्य बरुण गौतम,नगर उप सचिव झपेन्द्र बराल, नगर कमिटी सदस्य रुद्र न्यौपान,वडा सदस्य तेजनारायण चौधरीलगायतको उपस्थिीती रहेको थियो ।कार्यक्रमको सहजिकरण सरोज खनालले गर्नु भएको थियो ।

१३ जेष्ठ २०८०, शनिबार १९:२८  मा प्रकाशित

Write your Comment