अनेकि महासंघ मधेस प्रदेशको प्रथम अधिबेशन बिरगन्जमा सम्पन्न,अध्यक्षमा निरन्जन चौधरी सर्वसहमत

२४ जेष्ठ २०८०, बुधबार ०५:३६ प्रकाशित

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघको प्रथम मधेस प्रदेश अधिबेशन आज बिरगन्जमा सम्पन्न भएको छ ।
अधिबेशनको उदघाटन नेकपा एमालेका सचिब रधुबिर महासेठले गरेका थिए । अधिबेशनको उद्धघाटन गदै महासेठले बर्तमान सरकारले किसानको पक्षमा काम गर्न नसक्ने बताए ,उनले सरकार आफनो स्वार्थ पुरा गर्न लागेको उल्लेख गदै सरकारले किसानको पक्षमा होइन बिचौलीयाको पक्षमा काम गरीरहेको दाबी गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै किसान महांसंघका केन्द्रीय अध्यक्ष प्रेम दंगालले सरकारले किसानका समस्या समाधान गर्न नसक्ने दाबि गरे । उनले कृषि प्रधान देशमा सरकारले किसानका लागि मल र बीउ समयमा दिन न सकेको प्रसंग कोटयाउदै सरकारले किसानका समस्या समाधान गर्ने यच्छा सक्ति नदेखाएको आरोप लगाए । दंगालले भने किसानलाइ अनुदान पनि सरकारले दिदैन,उत्पादन गरेको फसलको उचित मुल्य पनि निर्धारण गदैन किसानले उत्पादन गरेको फसलको फाइदा बिचौलियाले लिइरहेका छन किसान सधै मारमा पर्ने अवस्था छ । यस्ता समस्या समाधान नगरे सरकारको बिकल्प किसानले खोज्ने दंगालले चेतावनी दिए ।
किसान महासंघका केन्द्रिय सचिब तथा मधेसका यन्चार्ज उमेस गुप्ताको सभापतित्वमा सम्पन्न उद्धघाटन कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ज्वाला साह,केन्द्रिय सदस्य अरबिन्द सिहं,महासंघका महा सचिब प्रेम अधिकारी,उपमहासचिब सारदा भुसाल,एमाले प्रदेस उपाध्यक्ष रेवती पन्त,राजकुमार उप्रती,बिश्वम्भर सर्मा,राजकुमार गुप्ता,मनोज पौडेल,शिबजी गुप्ता,चयन गुरुग,भावना आर्चायं लगायतको उपस्थिती रहेको थियो ।
अधिबेशनले निरन्जन चौधरी ( सप्तरी ) को अध्यक्षतामा ५१ सदस्सिय मधेस प्रदेस कमिटी सर्वसहमतीले निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा आथिकी कुमारी गिरी ( धनुषा ),उपाध्यक्ष पुरनदेव चौधरी ( बारा ),सचिब राम प्रसाद घिमिरे ( सर्लाही ),उपसचिब रामेश्वर साह र अजंना पन्त कडेरीया,कोषाध्यक्ष सुलेखा अग्रवाललगायत रहेका छन ।

२४ जेष्ठ २०८०, बुधबार ०५:३६  मा प्रकाशित

Write your Comment